धनगढी पोष्ट
शुक्रबार, १५ मङि्सर २०८० मा प्रकाशित
धनगढी । नेपाल इङ्लिस ल्याङ्गवेज टिचर्स एसोसियन (नेल्टा) कैलालीको एघारौं बार्षिक साधारण सभा धर्मदेव नौन्यालको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गर्दै धनगढीमा सम्पनन भएको छ ।
निर्विरोध चयन भएको कार्यसमितिको उपाध्यक्षमा भीम के।सी, सचिवमा सुमन श्रेष्ठ , कोषाध्यक्षमा रमेश प्रसाद जोशी, चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा मोहन सिङ साउँद, सुभाष चन्द्र भण्डारी , निर्मला जोशी, पार्वती जोशी, कुञ्जा भट्ट, र चुडामणि गजुरेल चयन भएका छन् ।
सो अवसरमा स्थापना कालदेखी संस्थाको बिकासमा महत्वपूर्ण योगदान पुगाएको भन्दै नेल्टा कैलालीकाद पुर्व अध्यक्ष तथा सल्लाहाकार केशव दत्त भट्टलाइ दोसल्ला सहित प्रसङ्सा पत्र प्रदान गरि सम्मान गरिएको थियो ।
कार्यक्रम नेल्टा कैलालीका अध्यक्ष लक्ष्मण दत्त भट्टको सभापतित्वमा भएको थियो ।