धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

दाइजो कृषि सहकारी संस्था लि. को १२ औं वार्षिक साधारण सभा सम्पन्न

दाइजो कृषि सहकारी संस्था लि. को १२ औं वार्षिक साधारण सभा सम्पन्न

धनगढी कैलालीको धनगढी उपमहानगरपालिका वडा नं स्थित दाइजो कृषि सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको

सो अवसरमा भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले सहकारीहरु दलाल सुशासनको कमजोरीले डुबिरहेको बताए कृषि सहकारी संस्था ब्याज खाने संस्था होइन, यसले कृषिमा लगानी गर्ने कृषकलाई सुबिधा दिने हो मन्त्री चौधरीले भने वार्षिक प्रतिवेदन हेर्दा यस सहकारीले दिनप्रतिदिन प्रगति गरिरहेको    

यस संस्थाले गरेका गत वर्ष अहिले को हिसाब किताब हेर्दा यस संस्थाको कारोबार हेर्दा प्रगति गरेको रहेको   यो संस्था शेयर सदस्यहरुको संस्था हो मन्त्री चौधरीले भने  सदस्यहरुले यस संस्थाले वर्ष भरीमा के के काम ¥यो भनेर तपाईंले बुझ्न आवश्यक रहेको

धनगढी का वडा अध्यक्ष मोती रानाथारुले दाइजो सहकारीका कारण किसानसँगै व्यवसायी पनि लाभान्वित रहेको बताए कृषकलाई रासायनिक मल कृषि यन्त्रहरु उपलब्ध गराएपछि कृषि कार्यमा सजिलो भएको उनले बताए उनले कृषि योग्य जमिन घर घडेरीमा परिणत हुदै गएकोले कृषि योग्य जमिनलाई बाँचाइ राख्न आग्रह गरे

संस्थाका अध्यक्ष मान बहादुर रानाथारुको अध्यक्षतामा भएको कार्यक्रममा कृषि ज्ञान केन्द्र धनगढीका कामना कार्की, सहकारीका कानूनी सल्लाहकार कृष्ण प्रसाद सुुवेदी, शिक्षा समिति संयोजक मनराज यादव लगायतले मन्तव्य गरेका थिए कार्यक्रम संचालन संस्थाका सचिव दिपक राज जोशीले गरेका थिए भने स्वागत मन्तव्य पुर्व अध्यक्ष चन्द्रकिरण चौधरीले गरेका थिए

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष चन्द्रकिरण राना, बचतकर्ता रामफुल राना, जोगिराम राना, असल ऋणी लाल बहादुर राना, आगनबारी मिडिया प्रा.लि. का  दिनेश राना सम्मानित भएका हुन