धनगढी पोष्ट शुक्रबार, ०५ बैशाख २०८२   April 18, 2025

बर्दियामा २९ तोला सुन सहित दुई जना पक्राउ

बर्दियामा २९ तोला सुन सहित दुई जना पक्राउ

बर्दिया बर्दिया जिल्लामा  २९ तोला भन्दा बढी सुन सहित दुई जनालाई प्रहीले पक्राउ गरेको प्रहरीले श्रोत  नखुलेको सुनका साथै कार सहित उनीहरुलाई  शनिबार पक्राउ गरेको हो  

जिल्ला प्रहरी कार्यालय बाकेका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार पक्राउ पर्नेमा बाँके नेपालगन्ज उपमहानगरपालिका१९ राझाका २९ वर्षीय मोहन विक कार चालक बाँके राप्ती सोनारी गाउँपालिका स्थायी घर भई डुडुवा गाउँपालिका जब्दहवाका ३८ वषीय देवेन्द्रबहादुर घती रहेका छन्   उनीहरु सवार रहेको प्रदेश ०१०२३८१६८ नम्बरको हुण्डाई कार   सुनका गरगहना समेत बरामद गरिएको

ईलाका प्रहरी कार्यालय बगनाहा, मोतीपुर कतरनियाको संयुक्त टोलीले पूर्वपश्चिम राजमार्गमा जाँच गर्दा गरगहना बरामद गरिएको प्रहरी उपरीक्षक शाहीले जनाए

प्रहरीले आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, राजापुरमा पक्राउ परेका मानिस सहित गरगहना कार बुझाएको जनाएको