धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

म्यानेजर्स  क्लब कैलालीको अध्यक्षमा भण्डारी चयन

म्यानेजर्स  क्लब कैलालीको अध्यक्षमा भण्डारी चयन

धनगढी सहकारी संस्थाका व्यवस्थापकहरुको संस्था कोअपरेटिभ्स म्यानेजर्स क्लब कैलालीको तेश्रो बार्षिक साधारण सभा तिला कर्णाली सहकारी साडेपानीका व्यवस्थापन लाल बहादुर भण्डारीको अध्यक्षतामा नया कार्यसमिति चयन गर्दै सम्पन्न भएको

साडेपानीमा भएको  साधाण सभाले उपाध्यक्षमा अन्नपूर्ण साकोस लम्कीका व्यवस्थापक नवराज न्यौपाने उपाध्यक्षमा आदर्श बहुउद्देश्यीय सहकारी फुलवारीका व्यवस्थापक रुद्रप्रसाद खनाल, महासचिवमा नोबेल साकोस टीकापुरका व्यवस्थापक नरेन्द्र टमट्टा, सचिवमा संगम बहुउद्देश्यीय सहकारी अत्तरीयाका व्यवस्थापक अमर कुवँर कोषाध्यक्षमा सुदुरपश्चिम बहुउद्देश्यीय सहकारी धनगढीका व्यवस्थापक टिकाराम जोशीलाई निर्विरोध चयन गरेको

त्यस्तै १३ जना सदस्यहरु कैलाली जिल्लामा रहेका १३ वटा पालिका अध्यक्षहरु पदेन सदस्य रहने व्यवस्था रहेको नवनिर्वाचित कार्य समितिको पहिलो बैठकले संस्थापक अध्यक्ष छबिलाल जैशीको संयोजकत्वमा सदस्यीय सल्लाहकार समिति गठन गरेको समितिका सदस्यहरुमा चन्द्रकान्त खनाल, प्रकाश कुमार जोशी, योगेश बोहरा दिनेश गेलाल रहेका छन्