धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

आज कुन जिल्लामा कति  कोरोना संक्रमण थपिए ?

आज कुन जिल्लामा कति  कोरोना संक्रमण थपिए ?

काठमाडौं

 नेपालमा मंगलबार थप ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।

 स्वास्थ्य मन्त्रालयका अनुसार धनकुटाका ३, सिराहाका १, सुनसरीका १, तेह्रथुमका १, इलामका २, झापाका १, धनुषाका २१, महोत्तरीका १९, पर्साका २, गोर्खाका २, नुवाकोटका १, काठमाडौँका २ जना रहेका छन् ।

  यस्तै नवलपरासीका २, रौतहटका १, सिन्धुलीका १, काभ्रेका २, ओखलढुङगाका १, सिन्धुपालचोकका १, सुर्खेतका १, प्युठानका ३, बाँकेका १, रोल्पाका ३, बर्दियाका १, दाङका ५, अर्घाखाँचीका ३, पाल्पाका ५, दैलेखका ६, अछामका १४, जुम्लाका ४, कञ्चजपुरका १ तथा कैलालीका ५ जनामा संक्रमण पुष्टि भएको हो ।

  यस्तै कोरोना भाईरसको संक्रमण निको भएर थप ३४ जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १० हजार ३२८ पुगेको छ ।