धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024
प्रधानमन्त्रीलाई कैलालीका ६८ सामुदायिक बनहरुको ज्ञापनपत्र

पुर्व काठ ब्यवसायी सांसद आलेले गरेको छानवीन मान्य हुदैन : सामुदायिक बनहरु

पुर्व काठ ब्यवसायी सांसद आलेले गरेको छानवीन मान्य हुदैन : सामुदायिक बनहरु
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई ज्ञापनपत्र बुझाउँदै जनकल्याण सामुदायिक बनका अध्यक्ष जय गिरी

धनगढी

 पुर्व काठ ब्यवसायीले बैज्ञानिक बनमा भएकोले अनियमतिता बारेमा गरेको छानवीन आफुहरुलाई मान्य नहुने भन्दै कैलालीका बिभिन्न सामुदायिक बनहरुले अर्को  छानवीन समिति पठाउन माग गरेका छन् ।

 उनीहरुले सांसद प्रेम आलेको पृष्ठभूमि काठ ब्यवसायी रहेको र उनले गर्ने छानवीन आफुहरुलाई मान्य नहुने र उनीमाथि कानूनी कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् ।

 बैज्ञानिक बन ब्यवस्थापनमा अनियमितता भएको उजुरीका आधारमा अध्ययनका लागि आएको संसदीय टोलीमा रहेका सांसद प्रेम आलेले उपभोक्ताहरुलाई धम्काएको भन्दै कानूनी कारवाहीको माग गर्दै कैलालीका ६८ वटा सामुदायिक बन उपभोक्ता समुहहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

  प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले गठन गरेको उप समितिका सदस्य तथा डोटीबाट निर्वाचित सांसद प्रेम आलेले अध्ययनका क्रममा गरिएको स्थलगत निरीक्षणमा ऐश्वर्य सामुदायिक बन पथरैयाका अध्यक्ष केशब शाही, जनकल्याण सामुदायिक बनका अध्यक्ष जय गिरी लगायतलाई अपशब्द प्रयोग गरी धम्काएको र सामुदादयिक बनका पदाधिकारीहरुको मानर्मदन हुने गरी बोलेकोले उनीमाथि कानून अनुसार कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो ।

 ज्ञापन पत्रमा आफ्नै पृष्ठभूमि काठ ब्यवसायीको रहेकोले सांसद आले सम्मिलित टोलीले गर्ने छानवीन निष्पक्ष हुन नसक्ने भन्दै अर्को संसदीय छानवीन टोली पठाउन समेत सामुदायिक बनहरुले माग गरेका छन् ।

 यसरी प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनेमा डिभिजन बन कार्यालय पहलमानपुर मातहतका २९ र डिभिजन बन कार्यालय धनगढी मातहतका ३९ सामुदायिक बन रहेका छन् । उनीहरुले बुधबार जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाएका हुन् ।

 ज्ञापनत्र पत्रमा उनीहरुले सांसद आलेले संसदीय अनुगमन गर्दा आफ्नो नजिकका पार्टी कार्यकर्ता प्रयोग गरेको, घुष सहित पक्राउ परी निलम्बनमा रहेका सहायक बन अधिकृत सुरेशचन्द्र डिसीलाई बिज्ञका रुपमा प्रयोग गरेको र बाहुबली शैलीमा आफुहरुको अपमान गरेको उल्लेख गरेका छन् ।