धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

मौसम नखुलेपछि धनगढीका लागि उडेका बिमानहरु सुर्खेतमा अवतरण

मौसम नखुलेपछि धनगढीका लागि उडेका बिमानहरु सुर्खेतमा अवतरण

धनगढी । प्रतिकुल मौसमका कारण धनगढीका उडेका बुद्ध एयर र श्री ऐयरका बिमानहरु सुर्खेतमा अवतरण भएका छन् । प्रतिकुल मौसमका कारण धनगढी विमानस्थलको हवाइ सेवा प्रभावित भएपछि बिमानहरु अवतरण गर्न नसकेपछि डाइभर्ट भएका हुन् ।

श्री एयरलाइन्सका धनगढी प्रमुख गजेन्द्रबहादुर शाहीले बिहान ९ बजेर ३९ मिनेटमा उडेको जहाजले धनगढीको आकाशमा ४५ मिनेट फन्को हाने पनि मौसम नखुलेपछि सुर्खेत विमानस्थलमा अवतरण गरिएको बताए ।

बुद्ध एयर धनगढीका प्रमुख बुद्धराम माझीले पनि प्रतिकुल मौसमका कारण विमान अवतरण हुन नसकेपछि काठमाडौंबाट उडेको जहाज कर्णालीको आकाशबाटै फर्किएर सुर्खेत विमानस्थलतर्फ गएको थियो ।

धनगढी विमानस्थल कार्यालयका अनुसार बिहान मौसम खुलेका कारण काठमाडौंबाट दुवै एयरलाइन्सका विमान उडेका थिए । तर एकाएक बाक्लो हुस्सु लागेपछि विमान अवतरण गर्न नसकेपछि फर्किएका हुन् ।