धनगढी पोष्ट
आइतबार, २९ पुष २०८० मा प्रकाशित
काठमाडौँ । मानव अधिकारवादी संस्था मानव अधिकार संरक्षण मञ्चको अध्यक्षमा गणेश विश्वकर्मा निर्वाचित भएका छन् ।
मञ्चको चौँथो साधारण सभा तथा आठौँ राष्ट्रिय सम्मेलनले विश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
अध्यक्षमा निर्वाचित बिक राष्टिय दलित नेटवर्क धनगढीका अध्यक्ष हुन् । बिक लामो समयदेखि मानव अधिकारको क्षेत्रमा कृयाशिल रहेका छन् ।