धनगढी पोष्ट
सोमबार, ०१ माघ २०८० मा प्रकाशित
ललितपुरको इमाडोलमा एक महिला इनारमा खसेकी छन् । ललितपुरका एसएसपी शेखर खनालका अनुसार दोलखा घर भएकी २८ वर्षीया नुतन प्रधान इनारमा खसेकी हुन् ।
एसएसपी खनालका अनुसार महिला लुगा सुकाउने क्रममा इनारमा खसेकी हुन् । इनार ३० फिट गहिरो रहेको छ ।
‘हाम्रो टोलीले उद्धारको प्रयास गरिरहेको छ’ खनालले भने ‘लुगा सुकाउने क्रममा इनारको स्ल्याब भत्किएपछि प्रधान इनारमा खसेकी हुन् ।’