धनगढी पोष्ट
बिहिबार, ०१ साउन २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशमा ५१ जना कोरोना संक्रमित मात्र अस्पतालको आईशोलेसनमा रहेका छन् । बुधबार सम्म देखिएका ३ हजार ८ सय २२ जना संक्रमित मध्य ५१ जना प्रदेशका बिभिन्न अस्पतालमा रहेका सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी महाकाली अस्पतालको आईसोलेशनमा १८ जना संक्रमित रहेका छन् । यसैगरी कैलालीको टीकापुर अस्पतालमा १६ जना, सेती प्रादेशीक अस्पतालमा २ जना, अछाम जिल्ला अस्पतालमा १० जना, डोटी अस्पतालमा २ जना र मालाखेती अस्पतालमा ३ जना कोरोना संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिं कार्कीका अनुसार बुधबार सम्म सुदूरपश्चिममा १६ सय १० जना संक्रमित डिष्चार्ज भएका छन् । उनका अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कैलाली जिल्लामा १ हजार १४ संक्रमित रहेका छन भने सबैभन्दा कम दार्चुलामा २० जना मात्र रहेका छन् ।
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा संक्रमितको सङख्या तीन हजार नौँ सय ७८ पुगेको भएपनि सामाजिक विकास मन्त्रालयले प्रदेश भित्र रहेकाको मात्र तथ्यांक राखेकाले केही संख्या कम देखिएको मन्त्रालयका महाशाखा प्रमुख कार्कीले बताए । उनका अनुसार प्रदेशमा बुधबार सम्म ८ सय ८६ महिला र २९ सय ३६ पुरुष गरि ३ हजार ८ सय २२ जना संंक्रमित रहेका छन् । जसमध्य ८ जनाको मृत्यु भईसकेको छ ।