धनगढी पोष्ट सोमबार, १६ भदौ २०८२   September 1, 2025

सुदूरपश्चिममा थप १४ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप १४ जनामा कोरोना पुष्टि

धनगढी

 पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा थप १४ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा आज गरिएको परीक्षणमा थप १४ जनामा कोरोना पुष्टि भएको बिज्ञप्ती मार्फत  जानकारी दिईएको छ ।

    सेती प्रादेशीक अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार आज थपिएका कोरोना संक्रमितमा कैलालीको कैलारी गाउँपालिका४ का दुई महिला र दुई पुरुष गरी ४ जनागोदावरी नगरपालिका दुई पुरुष र एक महिला गरी ३ जना, धनगढी उपमहानगरपालिका१८ का एक पुरुष र एक महिला गरी २ जना, टिकापुर नगरपालिका१ का एक पुरुष रहेका  छन् ।

  यसैगरी आजै थपिएका संक्रमितमा कञ्चनपुरको बेदकोट नगरपालिका एक महिला र एक पुरुष गरी दुई जना, कञ्चनपुरकै भिमदत्त नगरपालिका४ का एक पुरुष र बझाङको खप्तडछान्ना गाउँपालिका६ एक महिलामा रहेको अस्पतालको बिज्ञप्तीमा उल्लेख छ ।