विप्लव नेतृत्वको नेकपाका सेती–महाकाली ब्यूरो ईन्चार्ज पक्राउ पछि आन्दोलन घोषणा

धनगढी

  नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका  सेतीमहाकाली ब्यूरो ईन्चार्ज पक्राउ पछि आक्रोसित नेकपाले बन्द सहितको आन्दोलको घोषणा गरेको छ ।

 आफ्ना नेता तथा कार्यकर्तालाई कृत्रिम मुद्धा बनाएर पक्राउ गरेको भन्दै विप्लव नेतृत्वको नेकपा सेती महाकाली ब्यूरोले बिहिवार संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

 ब्यूरोले बिहिबार जारी गरेको विज्ञप्तिमा आफ्ना नेताकार्यकर्तालाई झुटा मुद्धा बनाएर हिरासतमा लिइएको घटनाप्रति भत्र्सना गरिएको छ । जारी विज्ञप्तिमा भनीएको छ– ‘श्रमिक जनता, उद्योगी, व्यवसायीहरुले सरकारबाट गरिएको राहतको अपेक्षालाई बेवास्ता गरेपछि बढ्दै गएको जनअसन्तुष्टि र विरोध तथा आफ्नो पार्टीभित्रको गुटगत अन्तरविरोधको आक्रोशबाट अन्धो बनेको ओली सरकारले पतनउन्मुख दलाल पुँजीवादी व्यवस्था र आफ्नो कुर्सी जोगाउन हाम्रो पार्टीमाथि दमनमा उत्रिएको    छ । बिज्ञप्तीमा थप भनिएको छ– ‘जुन फासीवादी हर्कतको अगाडि झुक्नुको साटो लुटेरा, दलाल सरकारलाई मुहतोड जवाफ फर्काइनेछ ।

   विप्लव नेतृत्वको नेकपाले साउन ३ गतेदेखि ८ गतेसम्म विभिन्न संघर्षका कार्यक्रम सार्बजनिक गरेको छ । जसअनुसार साउन ३ गते प्रचारप्रसार गर्ने, ४ गते कोणसभा गर्ने, ५ गते मशाल जुलुस गर्ने, ६ गते सेती महाकाली बन्द र ६ गतेदेखि ८ गतेसम्म सरकारी सवारी सञ्चालनमा प्रतिबन्ध गरिने बिज्ञप्तीमा उल्लेख छ ।

  बुधबार जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालीका वडा नम्बर ७ वेलीबाट विप्लव नेतृत्वको नेकपाका केन्द्रिय सदस्य तथा सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) की सेती महाकाली व्युरो ईन्चार्ज गौरा धामीलाई पक्राउ गरेको थियो ।