धनगढी पोष्ट शनिबार, १० साउन २०८२   July 26, 2025

महालेखाको प्रतिबेदन प्रति जानकी गाउँपालिकाको आपत्ति

महालेखाको प्रतिबेदन प्रति  जानकी गाउँपालिकाको आपत्ति

धनगढी

   बुधबार सार्वजनिक गरिएको महालेखा परीक्षकको प्रतिबेदन प्रति जानकी गाउँपालिकाले आपत्ति जनाएको छ । महालेखाको परीक्षकको प्रतिबेदनमा नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेबापत कैलालीमा पालिकाका जनप्रतिनिधिले एक लाख रुपैयाँसम्म भत्ता लिने गरेको पाइएको उल्लेख छ ।

  महालेखाको ५७ औँ प्रतिवेदन अनुसार कैलालीको जानकी गाउँपालिकाकी उपाध्यक्ष उमा महत्तोेले एक लाख रुपैयाँ लिएकी छिन् ।  महालेखाको प्रतिवेदनमा भनिएको छ –‘जानकी गाउँपालिका कैलालीले २०७५ असार ३२ गतेको गाउँ सभाको निर्णय नम्बर २० मा २०७५÷०७६ को बजेट तयारी तथा बक्तव्य बाफत गाउँपालिका उपाध्यक्षलाई एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

 प्रदेश सभाले स्वीकृत गरेको ऐनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेबापत पारिश्रमिक पाउने व्यवस्था गरेको नदेखिएकोले त्यो रकम असुल हुनुपर्ने महालेखाले भनेको छ ।

  जानकी गाउँपालिकाले विहिवार गरेको पत्रकार सम्मेलनमा समाचारमा महालेखाको प्रतिबेदनले आर्थिक बर्ष. २०७५ ÷०७६ को गाउँपालिकाको बार्षिक बजेट पेश गरे वाफत उपाध्यक्षलाई एक लाख रुपैयाँ दिने निर्णय गरिएको भनि लेखिएको बिषयमा कुनै सत्यता नभएको गाउँपालिका अध्यक्ष प्रदिप कुमार चौधरीले बताए ।

 उल्लेखित मितिमा गाउँपालिकाको  बैठक नै नबसेकोसो आर्थिक बर्षभरी गाउँपालिकाको उपाध्यक्षका लागि यस्तो सुविधा दिने कुनै निर्णय नभएको, कुनै सुविधा नलिएको  अध्यक्ष चौधरीले बताए । पत्रकार सम्मेलनमा अध्यक्ष चौधरीले भने–‘कसैलाई शंका लागे गाउँपालिकाको निर्णय हेर्न र बुझन् सकिने छ ।

महालेखा जस्तो संबैधानिक निकायबाट प्रस्तुत प्रतिबेदनमा यसप्रकारका गलत सुचना उल्लेख भएकोमा आफुहरु अत्यन्तै दुखि भएको अध्यक्ष चौधरीले बताए । उक्त विवरण सच्याउनका लागि पहल समेत अगाडि बढाइएको गाउँपालिका अध्यक्ष प्रदिप कुमार चौधरीले जानकारी दिएका छन् ।