धनगढी पोष्ट
शुक्रबार, ०२ साउन २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा रहेका क्वारेन्टिनमा विहिवार सम्म झण्डै ७ हजार जना रहेका छन् । सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार प्रदेशभरी ६२ हजार ६ सय ५३ वेड संख्या रहेका क्वारेन्टिनमा हाल ६ हजार ८ सय ३ जना रहेका छन् ।
क्वारेन्टिनमा रहेका मध्य ५ हजार ४८ पुरुष र १७ सय ५५ महिला रहेका छन् । मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिं कार्कीका अनुसार सबैभन्दा बढी डोटी जिल्लाका बिभिन्न क्वारेन्टिनमा १८५७ जना रहेका छन् भने सबैभन्दा कम बाजुरामा १ सय ९० जना क्वारेन्टिनमा रहेका छन् ।
महाशाखा प्रमुख कार्कीका अनुसार सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट एक हजार ६ सय ५९ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । उनका अनुसार बिहिवार मात्रै अछामका ४५, कैलालीको टीकापुर अस्पतालबाट ८ जना र कञ्चनपुरबाट चार जना गरी ५७ जनालाई विभिन्न अस्पताल र क्वारेन्टिनबाट घर पठाइएको छ ।
यस्तै महाशाखा प्रमुख कार्कीका अअनुसार सुदूरपश्चिम प्रदेशका ४९ संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने बाँकी दुई हजार दुई सय बढिको स्थानीय तहको आईसोलेसनमा उपचार भईरहेको छ । मन्त्रालयका अनुसार महाकाली अस्पतालमा १८, टीकापुर अस्पतालमा १३, जिल्ला अस्पताल अछाममा १०, मालाखेती अस्पताल र सेती अस्पताल तीन÷तीन तथा र डोटी अस्पतालमा दुई जना गरी ४९ जनाको उपचार भईरहेको छ ।
मन्त्रालयका अनुसार बिहिवार सम्म सुदूरपश्चिम प्रदेशमा २९ अजार ४ सय ६ थ्रोट स्वाव संकलन गरिएको छ जसमा २८ हजार २२ जनाको स्वावको परिक्षण नतिजा आईसकेको छ । अब १ हजार ३ सय ८४ थ्रोट स्वावको नतिजा आउन वाँकी रहेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले जानकारी दिए । मन्त्रालयका अनुसार सुदूरपश्चिममा विहिवार सम्म संक्रमितको संख्या ३ हजार ८ सय ७१ रहेको छ ।