धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

टीकापुरमा करेन्ट लागेर मृत्यु

धनगढी । कैलालीको टीकापुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पोलमा झुण्डिएको इन्टरनेटको तारबाट करेन्ट लाग्दा बर्दियाका ३३ बर्षिय शैलेश भुलको मृत्यु भएको हो ।

उनी टीकापुरको एक होटलेमा काम गर्दै आएका थिए । उनको टीकापुर नगरपालिका–१ जमरा पारी भने स्थानमा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका इन्चार्ज डिएसपी विश्वराज अधिकारीले बताए ।

करेन्ट लागेर घाइते भएका भुललाई उपचारका लागि अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको डिएसपी अधिकारीले बताए । मृतकको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ ।