कोरोना संक्रमण पुष्टि भएको चार घण्टामै वृद्धको मृत्यु

विराटनगर

  धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक ७३ वर्षीय वृद्धको मृत्यु भएको छ ।

  गत असार ३१ गते सप्तरीको राजविराजबाट प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका बृद्धको बिहीबार राति करिब सवा १० बजे मृत्यु भएको हो ।

   प्रतिष्ठानका अनुसार मृतकको बिहीबार बेलुका करिब ६ बजे कोरोनाभाइरस कोभिड १९ परीक्षणमा पोजेटिभ देखिएको र राती मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृतकलाई उच्च रक्तचाप, मधुमेह, मुटुको रोग रहेको थियो । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ ।