धनगढी पोष्ट मङ्गलबार, २९ पुष २०८२   January 13, 2026

एक्सिद्वारा रक्तदान आयोजना

एक्सिद्वारा रक्तदान आयोजना

धनगढी । धनगढी स्थित एक्सिस विद्याश्रमले गरेको रक्तदान कार्यक्रममा ८५ पिन्ट रगत संकलन भएको छ ।

स्कुल सोसियल रिस्पोन्सिविलिटी’ कार्यक्रम अन्तरगत एक्सिसले रक्तदान गरेको विद्यालयकी प्रिनिसपल अनिता पन्तले बताइन् । ‘‘रक्तदान महादान’ भन्ने मुलनाराका साथ एक्सिसले विगत झै यस बर्षपनि रक्तदान कार्यक्रम आयोजना गरेको छ, प्रिन्सिपल पन्तले भनिन्, ‘जसमा ८५ जनाले अमुल्य रगत दान गरेका छन् ।’ रक्तदान गर्नेमा विद्यार्थी, शिक्षक तथा कर्मचारी रहेका उनले बताइन् ।

विद्यालय समाजको एउटा अभिन्न अंग भएका कारण समाजसंग हातेमालो गर्ने उद्देश्यले एक्सिसले विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ । सोही जिम्मेवारी अन्तरगत एक्सिसले विभिन्न सामाजिक क्षेत्रमा आफुलाई सहयात्री बनाउदै आएको छ ।