धनगढी पोष्ट आइतबार, ०७ असार २०८३   June 21, 2026
अस्पतालबाट हटाइएका कर्मचारीले आफ्नै शरीरमा आगो लगाए

थप उपचारका लागि हेलिकोप्टर मार्फत नेपालगंन्ज लगियो

धनगढी

    अछाम जिल्लाको बयालपाटा अस्पतालका एक जना कर्मचारीले जागिरबाट हटाएपछि आफ्नै आगो लगाएका छन् । अस्पतालले हटाएका ३३ जना कर्मचारी मध्येका साफेबगर नगरपालिका६ का सिदार्थ आउजीले आज विहान आफ्नै शरिरमा आगो लगाएका हुन् ।

 शरिरमा आगो लगाएर गम्भिर घाईते भएका उनलाई उपचारका लागि हेलिकोप्टर मार्फत नेपालगंज लगिएको छ अछामका प्रमुख जिल्लामा अधिकारी पुण्यविक्रम पौडेलले आगो लगाएर गम्भिर घाईते भएका ति कर्मचारीलाई जिल्लामा उपचार सम्भव नभएपछि हेलिकोप्टर मार्फत नेपालगंज पठाईएको जानकारी दिए ।

   अस्पतालमा आर्थिक संकट परेको भन्दै उनी लगायत ३२ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो । अस्पतालले जागिर हटाएपछि उनले परिवारको रोजीरोटी खोसिएको भन्दै आगो लगाएको स्थानीयले बताएका छन् ।

  बयालपाटा अस्पतालले भने अस्पतालमा आर्थिक अभाव भएको भन्दै कार्यसम्पादन, अनुशासन सबै हेरेर केही कर्मचारी हटाएको जनाएको छ ।