धनगढी पोष्ट 
                                शुक्रबार, ०२ साउन २०७७  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        बाजुरा
  बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा दिउसै जुवा खेलिरहेका ९ जना  पक्राउ परेका छन । सदरमुकाम मार्तडीको एक होटेलमा दिउसै जुवा खेलीरहेका ९ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्राईले जानकारी दिए । 
   १६ हजार नगद सहित जुवा खेलिरहेको अवस्थामा नौ जनालाई पक्राउ गरि आवश्यक कार्वाही प्रकृया अघि बढाईएको प्रहरी नायव उपरिक्षक भट्राईले बताए ।