धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

करेण्ट लागेर मजदुरको मृत्यु

करेण्ट लागेर मजदुरको मृत्यु

धनगढी

 गोदावरीको गेटमा निर्माणाधिक गेटा मेडिकल कलेजमा करेण्ट लागेर एक जनाको मृत्यू भएको छ ।

 मृत्यू हुनेमा मेडिकल कलेजमा कार्यरत मज्दुर रहेका प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कलेजमा कार्यरत कञ्चनपुर कृष्णपुर नगरपालिका७ का १७ बर्षे रविन्द्र बम रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख ज्ञानबहादुर विष्टले बताए ।   उनका अनुसार रड काटेने मेसिन अन्यत्र सार्ने क्रममा शुक्रवार वेलुका ५ बजे करेन्ट लागेर बम घाईते भएका थिए । उनको उपचारका क्रममा धनगढी स्थित नोभा अस्पतालमा शनिबार मृत्यु भएको हो ।