धनगढी पोष्ट 
                                शनिबार, ०३ साउन २०७७  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी
माछा मार्न गएकी बालिकाको खोलामा बगेर मृत्यु भएको छ । 
  मृत्यु हुनेमा घोडाघोडी नगरपालिका– ६ की १२ बर्षिया उर्मिला चौधरी रहेको प्रहरीले जनाएको छ । बसन्तामा माछा मार्ने क्रममा स्थानीय इटा भट्टा खोलाले बालिकाको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए । खोलामा बगेकी बालिकालाई नदीको केही तल २ घण्टा पछि मृत फेला पारेको विष्टले बताए ।