धनगढी पोष्ट 
                                शनिबार, ०३ साउन २०७७  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी
 धनगढी उप–महानगरपालिका–१३ राजपुरमा भएको ‘ग्याङ’ फाइटमा संलग्न भई खुकुरी प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी–३ का २२ बर्षे सन्नी नेपाली र वडा नम्बर–२ का दिपेन्द्र भण्डारी रहेको प्रहरीले जनाएको छ । 
 प्रहरीका अनुसार पक्राउ परेका नेपालीको साथबाट खुकुरी र भण्डारीको साथबाट तरवार बरामद गरिएको छ । दुवै जना यस अघिपनि विभिन्न अपराधिक कृयाकलापमा संलग्न रहेको पाइएको छ । घटनामा संलग्न अन्य व्यक्तिपनि हुन सक्ने आसंका गरिएको भन्दै उनिहरुको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।