धनगढी पोष्ट
शनिबार, ०३ साउन २०७७ मा प्रकाशित
धनगढी
सूर्य नेपाल प्रालिले सुदूरपश्चिम प्रदेश सरकारको कोरोना कोषमा १ करोड सहयोग हस्तान्तरण गरेको छ ।
सूर्य नेपालका क्षेत्रीय प्रबन्धक दामोदर शर्मा, न्यू शिव ट्रेडर्सका धर्मानन्द मिश्र, रविन्द्र ट्रेडर्स महेन्द्रनगरका जगराज पाण्डे लगायतको टोलीले शनिवार मुख्यमन्त्री त्रिलोचन भट्टलाई सो रकम हस्तान्तरण गरेको थियो । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश सरकारलाई सो रकम हस्तान्तरण गरेको सूर्य नेपालका क्षेत्रीय प्रबन्धक शर्माले बताए ।
सहयोगी दातालाई धन्यवाद ज्ञापन गर्दै मुख्यमन्त्री भट्टले कोभिड १९ नियन्त्रण तथा उपचार कोष अभियान अन्तर्गत निजी क्षेत्रबाट हालसम्म सबैभन्दा ठूलो रकम प्राप्त भएको बताए ।