धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु. एक हजारले बढेको छ। बिहीबार प्रतितोला रु. एक लाख ४४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि रु. एक लाख ४५ हजार निर्धारण भएको छ। यो हालसम्मकै उच्च विन्दु हो।

यस्तै, तेजाबी सुन बिहीबार तोलामा रु। एक लाख ४३ हजार तीन सयमा कारोबार भएकामा आजका लागि रु। एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ।

चाँदीको मूल्य भने तोलामा रु. ५० ले वृद्धि भएको छ। बिहीबार प्रतितोला रु. एक हजार आठ सय ५० मा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार नौ सय निर्धारण भएको छ।