धनगढी पोष्ट 
                                आइतबार, ०४ साउन २०७७  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी
 एन आई सी एशिया बैंक लिमिटेडले घर, सवारी र व्यवसाय तर्फ आकर्षक कर्जा सुविधा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।
 ८ दशमलव २५ प्रतिशत व्याजदर तथा शुन्य दशमलव २५ प्रतिशत मात्रै प्रशासनिक शुल्कमा उपलब्ध हुने कर्जा अन्तरगत घरका लागि १ करोड ५० लाख, सवारीका लागि २ करोड र व्यवसायकिा लागि १ करोड उपलब्ध हुने बैंकका प्रदेश सुचना अधिकारी सुधिर नाथ पाण्डेले बताए । 
 कोरोना भाइरसका कारण अर्थतन्त्रमा परेको असर लाई न्युनीकरण गरी व्यवसायीलाई कारोवारमा सहजता पर्दान गर्न चमत्कारीक कर्जा योजना ल्याइएको सूचना अधिकारी पाण्डेले बताए । 
 उनका अनुसार घर, अपार्टमेन्ट खरिद तथा निर्माण, जग्गा खरिदका लागि ५ देखी ३० बर्ष भित्र तिर्ने गरी १ करोड ५० लाख कर्जा सीमा कायम गरिएको छ । 
 यसै गरी सवारी कर्जाका लागि विना धितोमा १० बर्ष र धितोमा १५ बर्षे अवधी सम्मका लागि अधिक्तम २ करोड कर्जा उपलब्ध गराइने  सूचना अधिकारी पोण्डेले बताए । व्यवसाय तर्फ १ करोड कर्जा सेवा उपलब्ध गराइने उनले बताए ।