धनगढी पोष्ट
शनिबार, ०१ असार २०८१ मा प्रकाशित
धनगढी । नेपाल जन स्वास्थ्य संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा शिवराज सुनार निर्वाचित भएका छन् ।
धनगढीमा शनिवार भएको मतदानमा अध्यक्ष सुनारले एक सय ४१ मत प्राप्त गरी निर्वाचित भएका हुन् । सुनारका निकतम प्रतिस्पर्धी लालबहादुर धामीले ८९ मत पाए ।
त्यस्तै उपाध्यक्षमा भूपेन्द्र सिंह महरा एक सय २१ मत ल्याएर विजयी हुँदा अर्का उम्मेदवार सुमन भट्ट पनेरु एक सय ११ मत ल्याएर पराजित भएका छन् ।
सचिवमा नृपराज डगौरा एक सय २५ मत ल्याएर विजयी हुँदा अर्का उम्मेदवार हरिष भट्ट एक सय सात मत ल्याएर पराजित भए ।
नयाँ नेतृत्व चयनका लागी अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा मात्रै निर्वाचन भएको हो । अन्य पदमा भने निर्विरोध नेतृत्व चयन भएको थियो ।
कोषाध्यक्षमा प्रनिता भट्ट, सह सचिवमा राम चन्द्र जोशी र सदस्यहरूमा आशिष शाह, वीर बहादुर कुँवर, वीरेन्द्र भट्ट , राजेन्द्र भट्ट मनीषा झा र ममता कुमारी जोशी निर्विरोध निर्वाचित भएका थिए ।