धनगढी पोष्ट बुधबार, २१ कार्तिक २०८१   November 6, 2024

एनसेलमा आफ्नै रोजाइको मोबाइल नम्बर लिन पाइने

एनसेलमा आफ्नै रोजाइको मोबाइल नम्बर लिन पाइने

काठमाडौं । आफूलाई मनपर्ने कुनै नम्बर आफ्नै मोबाइल नम्बर बने के होलारु एक विशेष नम्बर जसले आफूलाई दूरसञ्चार सेवामा पहुँचमात्र दिदैन।

बरु आफ्नोको जीवनको कुनै महत्वपूर्ण दिन वा मिठो सम्झनाको प्रतिविम्ब पनि बन्छ। ग्राहकहरुको यही इच्छालाई परिपूर्ति गर्न एनसेलले ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना सञ्चालनमा ल्याएको छ।

अब आफूलाई मनपर्ने अन्तिमको ६ वटा अंक रोजेर आफ्नो मोबाइल नम्बर आफै बनाउन सकिने छ। चाहे त्यो जन्मदिन होस्, आफ्नो सहयात्रीलाई पहिलो पटक भेटेको दिन होस्, तपाईंको सवारी साधनको नम्बर होस् वा अन्य कुनै महत्वपूर्ण मिति वा नम्बर अब  त्यसलाई सधैंको लागि आफ्नै मोबाइल नम्बरमा परिणत गरी सधैं अन रहन सकिने छ। 

आफ्नो सम्बन्धहरुलाई अझै प्रगाढ बनाउँदै आफ्ना प्रियजनहरूलाई पनि त्यस्ता विशेष नम्बरहरू उपहार दिन सकिने छ। उदाहरणका लागि श्रीमानले  अन्तिमको ६ अंक हहह९४० भएको नम्बर लिन सक्छन् भने श्रीमतिले मिल्दोजुल्दो हहह९४१ नम्बर लिन सक्छन्।

यो योजनाको मोबाइल नम्बर ९७०५ नम्बर रेन्जबाट सुरु हुन्छ। विशेष सधैं अन नम्बर प्राप्त गर्न चाहने ग्राहकहरूले अन्तिम ६ अंक आफै रोजेर आफ्नो विशिष्ट मोबाइल नम्बर बनाउन सक्छन्।

ग्राहकले सिधै एनसेल एप वा एनसेल वेबसाइटमा गएर ‘मेरो नम्बर, मेरै च्वाइस’ क्लिक गरि आफूले चाहेको मोबाइल नम्बरको पछिल्लो ६ अंक उपलब्ध भए नभएको सजिलै हेरेर तत्काल अनलाइन बुकिङ् गर्न सक्छन्।

हाल प्रयोग गर्दै आएको मोबाइल नम्बरको पछिल्लो ६ अंक मिल्ने गरि नयाँ मोबाइल नम्बर लिन सकिने सुविधा यो योजनाको प्रमुख विषेशता हो। 

‘मोबाइल नम्बर हाम्रो पहिचान बनि सकेको छ,’  एनसेलका चीफ कमर्शियल अफिसर उमेर मोहसिनले भने, ‘आफूलाई जीवरभर यादगार रहने नम्बरका आधारमा आफ्नै मोबाइल नम्बर रोज्न सकिने यो विशेष योजना सञ्चालनमा ल्याउन पाउँदा हामी एकदमै खुसी छौं।

ग्राहकले आफूलाई मात्र नभई आफ्नो नम्बरसँग मिल्नेगरि परिवारजन र साथीभाईलाई पनि यस्तो नम्बर रोजिदिन सक्छन्। यो एक सेवा मात्र नभई सम्बन्धहरुलाई थप प्रगाढ बनाउने माध्यम पनि हो।’

यस योजना अन्तर्गत ९७०५ रेन्जबाट मोबाइल नम्बर छनोट गर्नको लागि ९ लाख बढी मोबाइल नम्बरहरू उपलब्ध रहेका छन्। एनसेलले फस्ट कम, फस्ट सर्भ बेसिसमा उपलब्ध नम्बरहरु वितरण गर्नेछ।

यो सिम एनसेलले हाल सञ्चालन गरिरहेको ‘सधैं अन’ प्लान अन्तर्गत ५९९ देखि १,४९९ रुपैयाँसम्मको प्लानमा बन्डल सेवाका रुपमा उपलब्ध गराउने छ।

सधैं अन योजनाका प्लानहरु अन्तर्गत ग्राहकहरूले भ्वाइस, डेटा, निःशुल्क सामाजिक सञ्जाल डेटा र एसएमएस सेवा पाउँछन्। ८१२३३ डायल गरेर ‘सधैं अन’ प्लानहरू सुचारु गर्न सकिन्छ।

बुकिङ गरिएको सिम ग्राहकले देशभर फैलिएका एनसेलका ३२ वटा एनसेल सेन्टरहरू मध्ये कुनै पनि सेन्टरमा गई लिन सक्नेछन्। काठमाडौं उपत्यकाको हकमा उपाय कार्गो सेवामार्फत होम डेलिभरी गराएर पनि यो सिम लिन सकिन्छ। 

बुकिङ् गराएको नम्बर ७ दिन भित्र नलिएको खण्डमा सो नम्बर बुकिङको सुचिबाट स्वत हट्नेछ र सो नम्बर अरु ग्राहकले पनि लिन सक्नेछन्।

एनसेलको ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना अन्तर्गत ग्राहकहरूले नम्बर मात्र रोज्दैनन्, उनीहरुले आफ्नो विशेष सम्झनाको एक सिम अर्थात नम्बर सधैं आफ्नो साथ बोक्नेछन्।