धनगढी पोष्ट
सोमबार, ०५ साउन २०७७ मा प्रकाशित
बाजुरा
आईतबार राती अबिरल वर्षासँगै आएको बाढीले बाजुराको ताप्रिसेराको पक्की पुल बगाएको छ ।
साँफे मार्तडी सडक खण्ड अन्र्तगत बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर २ को ताप्रिसेरा घट्टेखोलामा रहेको पक्की पुल बाढीले बगाएको हो । पक्की पुल बगाएपछि आवागमन पुर्ण रुपमा बन्द भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टकंप्रसाद भट्टराईले बाढीले पुल बगाएपछि यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको बताए । साँफे मार्तडी सडक खण्डको डुङग्रीमा २ साता अघि गएको पहिरोले सडक समेत भाँसिएको थियो ।