धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

गोदावरी धामबाट कलश चोरी गर्ने दुई जना पक्राउ

गोदावरी धामबाट कलश चोरी गर्ने दुई जना पक्राउ

धनगढी । कैलालीको गोदावरी धामबाट कुम्भवाटिकाको मुख्य कलश चोरी भएको छ। बिहिबार राति ११ बजेको समयमा कुम्भ वाटिकाको मुख्य कलश चोरी भएको हो।

कलश चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–१४ फुलबारीका ३० वर्षीय मोहन कठायत र गोदावरी नगरपालिका–४ हाटखोलीका ३९ वर्षीय बलबहादुर रावतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

दुबै जनाबाट कलश पनि तोडफोड गरिएको अवस्थामा बरामद गरिएको छ। दुबै जना विरुद्ध चोरीको मुद्दा दर्ता भएर म्याद थप गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।