धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

३८ औँ अन्तराष्ट्रिय एसओएस दिवस सम्पन्न

३८ औँ अन्तराष्ट्रिय एसओएस दिवस सम्पन्न

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १३ गेटामा रहेको एसओएस बालग्राम धनगढीले ३८ औँ अन्तराष्ट्रिय एसओएस दिवस मनाएको छ ।

एसओएस बालग्राम धनगढीले आइतबार एक कार्यक्रमका बिच ३८ औँ अन्तराष्ट्रिय एसओएस दिवस मनाएको हो । 

सो अवसरमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री ओम बिक्रम भाटले राज्यले अबका दिनमा समस्या ग्रहस्थ क्षेत्रहरुको पहिचान गरेर लगानी वृद्धि गर्न दायित्व लिनुपर्ने बताए ।

एसओएसलाई अगाडि बढाउनका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको उनले बताए । एसओएसमा रहेका बालबालिकाहरुलाई निःशुल्क शिक्षाको व्यवस्था मिलाउन सरकार तयार रहेको उनले बताए । 

एसओएस बालग्राम धनगढीका योजना निर्देशक पदमबहादुर हमालले राज्यले एसओएसप्रति खासै चासो नदेखाएको बताए । चुनौतीका बिच पनि संस्थालाई अगाडि बढाइरहेको उनले बताए ।

आर्थिक मन्दी र आर्थिक सहयोगको कमीले गर्दा भवनको क्षमता अनुसार बालबालिका राख्न नसकिरहेको उनले बताए । 

उनका अनुसार १२ वटा भवन १२० जना बालबालिका राख्ने सकिने भएपनि आर्थिक समस्यले गर्दा क्षमता अनुसार बालबालिका राख्ने नसकिरहेकको दुखेसो गरे ।

अहिले ९० जना बालबालिका मात्रै रहेको उनले बताए । आफूहरुले विभिन्न कार्यक्रम मार्फत प्रदेशका दुई सय ८६ जना बालबालिकालाई सहयोग गर्दै आइरहेको उनको भनाइ छ । 

उनका अनुसार एक सय ३३ जना बालिका र एक सय ५३ जना बालकहरु रहेका छन् । गत वर्ष तीन जना बालबालिकाहरुलाई परिवारसँग पुन मिलन गराएको उनले बताए । यस संस्थाका बालबालिकाहरु तीन वटा बोडिङ स्कुल र एउटा सामुदायिक विद्यालयमा अध्ययनरत छन् । 

एसओएस बालग्राम धनगढीका योजना निर्देशक पदमबहादुर हमालको सभापत्विमा भएको उक्त कार्यक्रममा एक्सिन बिद्या आश्रमकी प्रिन्सिपल अनिता पन्त,  नगर स्तरिय बाल सञ्जालका अध्यक्ष मात्रिका प्रसाद उपाध्यायले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन बालग्रामका नायब निर्देशक रमेश चन्द्र भण्डारीले गरेका थिए ।

समाजसेवी अग्रवाल सम्मानित
सुदूरपश्चिम प्रदेशका उद्योगपति एवम् समाजसेवी ओमप्रसाद अग्रवाल सम्मानित भएका छन् ।

एसओएस बालग्राम धनगढीले आफनो ३८ औँ अन्तराष्ट्रिय एसओएस दिवसका अवसरमा उद्योगपति एवम् समाजसेवी अग्रवाललाई सम्मान गरेको छ ।

अग्रवालले एसओएस बालग्राम स्थापना देखि सहयोग गर्दै आइरहेको भन्दै अग्रवाललाई सम्मान गरेको हो ।

अग्रावललाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री ओम बिक्रम भाटले दोसला ओडाएर र कदर पत्रले सम्मान गरेका थिए ।