धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

गापा महासंघद्धारा सुदूरपश्चिमको रेडबुक माग

गापा महासंघद्धारा सुदूरपश्चिमको रेडबुक माग

धनगढी । सुदुरपश्चिम सरकारको कार्यक्र पुस्तिका (रेडबुक) को माग गर्दै गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सुदूरपश्चिम प्रदेशले सुदूरपश्चिम प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ । 

प्रदेशले छुट्याएका योजनाहरु पालिकामा दोहोरो हुन नदिन रेड बुक आवश्यक रहेको भन्दै गाउँपालिका महासंघले रेडबुक माग गरेको हो ।

‘संघ सरकार र प्रदेश सरकारले समयमै योजनाको बिबरण उपलव्ध गराएमा दोहोरापना लगायत प्राथमिकताको क्षेत्र समेत निर्धारण गर्न सहज हुनेछ’ ज्ञापनपमा भनिएको छ । 

सुदुरपश्चिमका ५४ गाउँपालिकाले असार १० गते बजेट ल्याइसकेका छन् । अहिले बजेटबारे छलपल भैरहेको छ । मंगलबार गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमितिकी सदस्य एवम् कैलारी गाउँपालिका उपाध्यक्ष भगवती चौधरीले प्रदेशका प्रमुख सचिव डा.हरि लम्साल मार्फत मुख्यमन्त्री दिर्घबहादुर सोडारीलाई ज्ञापन पत्र बुझाएकोे हो ।