धनगढी पोष्ट मङ्गलबार, २९ पुष २०८२   January 13, 2026

बसमा सवार यात्रुको मृत्यु,

बसमा सवार यात्रुको मृत्यु,

बैतडी  । बैतडीमा बसमा सवार एक यात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका ९ तिचौराका ४२ वर्षीय कृष्णानन्द जोशी रहेका छन्। 

महेन्द्रनगरबाट बैतडीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ६३८४ नम्बरको बसमा कृष्णानन्द अत्तरियाबाट चढेका थिए।  

बसमा सवार जोशी पाटन पुग्दा बेहोस भएका र  जिल्ला अस्पताल बैतडी पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम  पाण्डेयले बताए।

जोशी भारतबाट घर आउँदै गरेका बुझिएको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ। जोशीको मृत्युको कारण भने खुलीसकेको छैन्।

बसमै बेहोस भएका व्यक्तिको मृत्यु भएपछि बस चालक जगदीश अवस्थी र सहचालक चन्द्रदेव पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।