धनगढी पोष्ट
शुक्रबार, १४ असार २०८१ मा प्रकाशित
धनगढी । धनगढी उपमहानगरपालिकामा कार्यरत नगर प्रहरीलाई खोज तथा उद्धारसम्बन्धी तालिम दिइएको छ । प्राकृतिक विपत्को बेला खोज तथा उद्धारमा सहयोग गर्न नगर प्रहरीलाई सो तालिम दिइएको हो ।
सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीको टोलीले नगर प्रहरीलाई तालिम दिइरहेको छ । विपत्को समयमा नगरवासीलाई सहयोग गर्न नगर प्रहरीलाई खोज तथा उद्धारसम्बन्धी तालिम दिइरहेको वडा ३ का अध्यक्ष राजबहादुर ऐरले बताए ।
वर्षातको सिजनमा धनगढी उपमहानगरपालिकाको विभिन्न वडामा डुबान हुने गरेको छ । तालिम लिएपछि नगर प्रहरीलाई विपत्का बेला काम गर्न सहज हुने प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले बताए ।
एक दिनसम्म सैद्धान्तिक कुरा सिकाएर बाँकी तीन दिन नगर प्रहरीलाई नदीको पानीमा तालिम दिइने जनाइएको छ ।