धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

शीतलनिवासमा धान रोपाइँ

शीतलनिवासमा धान रोपाइँ

काठमाडौं । एक्काइसौँ राष्ट्रिय धान दिवसका अवसरमा राष्ट्रपति भवन शीतलनिवासमा रोपाइँ कार्यक्रम आयोजना गरिएको छ । 

राष्ट्रपति कार्यालयद्वारा आज आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेललगायत सहभागी थिए ।

रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषि पेसा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतीकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताए ।  

“पहिला देशमा फलफूल तरकारीभन्दा धान बढी उत्पादन हुन्थ्यो । पहिला धानको मात्र उपयोगले खानामा पोषणतत्वको कमी भइरहेको थियो,” राष्ट्रपति पौडेलले भने, “पछि जब करेसाबारी बढ्न थाल्यो, धान बाहिरबाट आयात गर्न थालिएको छ ।”

उनले सन्तुलित खानाका लागि फेरि धानको उत्पादन, कृषि पेसा र श्रमको सम्मानको संस्कृतिलाई प्रोत्साहन गर्न आवश्यक रहेको उनको भनाइ छ ।