धनगढी पोष्ट
आइतबार, १६ असार २०८१ मा प्रकाशित
धनगढी । कैलालीमा प्रहरी चौकीका इन्चार्ज प्रहरी नियन्त्रणमा लिएको छ । टीकापुर नगरपालिका वडा ९ खैरिपुरस्थित प्रहरी बिटमा सार्वजनिक स्थलमा अपशब्द प्रयोग गर्दै गालिगलौच गरेपछि प्रहरी चौकी सत्तीका इन्चार्ज प्रहरी नायब निरीक्षक अशोक खड्कालाई ईलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको हो ।
सार्वजनिक स्थलमा होहल्ला गरेर नागरिकलाई धम्काउन थालेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।