धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024
दार्चुला पहिरो अपडेट

७ घर पुरिए, ८४ बाख्रा, ३८ गाई गोरु मरे

धनगढी

       अबिरल बर्षा पछि दार्चुलाको नौगाड गाउँपालिका६ परी गाउँमा आएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने ७ घर पुरिएका छन् ।

   गाउँकै परी खोलामा आएको बाढी र संगै गएको पहिरोका कारण हाल सम्म दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भिर र एक जना सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

 जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरिक्षक पदमबहादुर विष्टले पहिरो आउनुको कारण भने पत्ता नलागेको बताए । उनका अनुसार पहिरोमा पुरिएका ७ घरमा च्याप्पिएर हाल सम्म ८४ बाख्रा, दुई घोडा, २५ गोरु, दुई बाच्छा सहित ११ गाई समेत मरेका छन् ।

 पहिरोका कारण शिवराज खत्री, लोकेन्द्र खत्री, र दुर्गेस खत्री गरी तीन भाइले संयुक्त रुपमा सञ्चालन गरेको बाख्रा फार्म भत्किएर ५१ बाख्रा तथा अन्य परिवारका ३३ बाख्रा मरेका प्रहरी नायव उपरिक्षक विष्टले बताए । पहिरोका कारण वडा नम्बर २ कोे नौगाड खोला, घट्टे खोला र खार खोलामा रहेका १० वटा पानी घट्ट, दुई चिया पसल र १ सय किलोवाटको नौगाड लघु जलविद्युत आयोजनाको प्रशारण लाइनमा विच्छ्याइएका १ सय २० विजुलीका खम्बा पनि बगेका सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर धामीले बताए ।

 आइतबार राती आएको भारी बर्षाका पछि धौलीगाड ठाडो खोलामा आएको बाढीले महाकाली राजमार्ग समेत अबरुद्ध रहेको प्रहरीले जनाएको छ ।