धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

भन्सार छलीका सामान बरामद

भन्सार छलीका सामान बरामद

धनगढी । कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान प्रहरीले बरामद गरेको हो । कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुर, टीकापुर नगरपालिका-६ प्रतिपुल स्थित भित्री सडक खण्ड, टीकापुर नगरपालिका–९ बालुवाटार र कैलारी गाउँपालिका–६ बेनौलीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ७४ हजार ३५० मूल्य बराबरको सामान बरामद गरिएको छ।

उक्त मूल्य बराबरको बिडी, सुर्ती, आटा छान्ने छन्नी, स्टिलका कचौरा, टिफिन, फलामको कराही, स्टिलको खाना राख्ने हडकेश, प्लास्टिकका बिभिन्न सामान, लुगा धुने ब्रस, प्लाष्टिकका पानी खाने बोतल, प्लाष्टिकका बाटा, साबुन दानी, चुरा, डाबर तेल, लेडिज काटा, प्लाष्टिक झिल्ली, बोईलर कुखुरा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ४३ हजार ५५२ मूल्य बराबरको प्याज, चिनी, जिरा, धनिया लगायतका सामानहरु वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ।