धनगढी पोष्ट शुक्रबार, १५ फागुन २०८२   February 27, 2026

बझाङमा पुरुष मृत फेला

बझाङमा पुरुष मृत फेला

धनगढी । बझाङमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका–४ गोलाइस्थित सेती नेदीमा पुरुषको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय, बझाङका सूचना अधिकारी व्यापक चन्द्र शाहका अनुसार जयपृथ्वी नगरपालिका–१० का ४५ वर्षीय रमेश बादीको शव सेती नदीमा फेला परेको हो।

बिहिवार बिहान स्थानीयले सेती नदीको बिचको भागमा नाङ्गो अवस्थामा पुरुषको शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी निरीक्षक किशोर जोशीको टोली घटना स्थलमा पुगेको थियो।

मृतकका छोरा मनोज बादीले राति १ बजेदेखि रमेश बादी घरबाट निस्किएका बताएका थिए। रमेशको शव पोष्टमाटमका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ।