धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

आफनै शरिरमा आगो लगाएका आउजीको मृत्यु

आफ्नै शरिरमा आगो छर्केका आउजीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको

धनगढी

 आफ्नै शरिरमा आगो छर्केका बयालपाटा हस्पिटल अछामका पुर्व कर्मचारी सिद्धार्थ आउजीको मृत्यु भएकोछ । कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा आउजीको मृत्यु भएको इलाका प्रहरी कार्यालय साफेबगरका प्रमुख नरपति भट्ट जानकारी दिए ।

     आज बिहान आफ्नै शरिरमा आगो लगाएपछि घाइते भएका साफेबगर नगरपालिका वार्ड नं छ भागेश्वरका आउजीलाई हेलिकप्टरबाट कोहलपुर लगिएको थियो । जागीरबाट निकालेपछि छाक टार्न अफठेरो भएको भन्दै आउजीले आफ्नै शरिरमा पेट्रोल छर्केको हुन् । आउजी बिगत दुई बर्षदेखि बयालपाटा अस्पिटलमा सफाई कर्मचारीको रुपमा कार्यरत थिए ।

 बयालपाटा हस्पिटलले आर्थिक संकट परेको भन्दै आउजी सहित ३३ कर्मचारीलाई जागीरबाट हटाएको थियो ।