धनगढी पोष्ट सोमबार, १६ भदौ २०८२   September 1, 2025

नेपाल ट्रेड युनियन काँग्रेसद्धारा बृक्षारोपण

नेपाल ट्रेड युनियन काँग्रेसद्धारा बृक्षारोपण

धनगढी

 ३८ औं विपी स्मृति दिवसको अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस कैलालीले आफ्नै कार्यालय परिषरमा बृक्षारोपण गरेको छ ।

 सोमबार धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडीमा रहेको ट्रेड युनियन काँग्रेसको कार्यालय परिसरमा नेपाली काँग्रेस कैलालीका पुर्ब सभापति गोबिन्दराज जोशी र नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रिय उपमहासचिब सिताराम अवस्थीले संयुक्त रुपमा बृक्षारोपण कार्यक्रमको शुरुवात गरेका थिए ।

  ट्रेड युनियन काँग्रेस कैलालीका अध्यक्ष ज्ञानेन्द्र शाहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस कैलालीका पुर्ब सभापति गोबिन्दराज जोशी र नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रिय उपमहासचिब सिताराम अवस्थीले मन्तब्य समेत ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन सचिब सुरत स्वारले गरेका थिए । बृक्षारोपण कार्यक्रममा नेपाली काग्रेस कैलालीका युवा नेता नृप सुनार लगायत ट्रेड युनियनकर्मीहरुको सहभागिता रहेको थियो ।