धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

सरकारले तोक्यो धानको समर्थन मूल्य

सरकारले तोक्यो धानको समर्थन मूल्य

काठमाडौँ । सरकारले धानको समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य तोकेको हो । 

जसअनुसार मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रुपैया ३४१०.५१  तोकिएको छ । 

यसैगरी मध्यम धानको रुपैया ३५८०.६२  न्यूनतम समर्थन मूल्य तोकिएको बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।