डोटीका ४० सहित सुदूरपश्चिममा ४१ जना संक्रमित थपिए

डोटीका ४० सहित सुदूरपश्चिममा ४१ जना संक्रमित थपिए

धनगढी

   सुदूरपश्चिममा  पछिल्लो २४ घण्टामा डोटीका ४० जना सहित ४१ जनामा कोरोना पुष्टि भएको छ ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनगढी स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशाला र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ४१ जनामा कोरोना पुष्टि भएको हो ।

  मन्त्रालयका अनुसार डडेल्धुरामा भएको परीक्षणमा डोटीका ४० जनामा संक्रमण पुष्टि भएको छ । डोटीको शिखर नगरपालिकाका क्वारेन्टाईनमा रहेका ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

   यस्तै सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा भने आज एक जनामा मात्रै कोरोना पुष्टि भएको छ । प्रादेशिक अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार कैलालीको गौरीगंगा नगरपालिका वडा नम्वर ५ की १५ बर्षीया बालिकामा कोरोना पुष्टि भएको छ ।