धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

कैलालीको बिपद पुर्व तयारी तथा प्रतिकार्य योजनाको  अद्याावधिक पारित

कैलालीको बिपद पुर्व तयारी तथा प्रतिकार्य योजनाको  अद्याावधिक पारित

कैलाली जिल्लाको बिपद पुर्व तयारी तथा प्रतिकार्य योजना २०६८ को  १३ औ  अद्याावधिक २०८१ पारित गरिएको छ । जिल्ला बिपद व्यवस्थासपन समिति कैलालीको बैठकले  अद्यावधिक २०८१ पारित गरेको हो ।

नौ बिषयगत क्षेत्रहरुले पुर्व अनुमानमा आधारित पुर्व तयारी, बिपदको समयमा गरिने प्रतिकार्य योजना, बिषयगत क्षेत्रसँग भएको  मौज्दात सामाग्री र आवश्यक सामाग्रीको पनि अद्यावधिक गरि जिल्ला बिपद व्यवस्थापन समितिमा अनुमोदनका लागि  पेश गरेको योजना जिल्ला बिपद व्यवस्थापन समितिले अनुमोन गरेको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी  धमेन्द्र कुमार  मिश्रको अध्यक्षतामा भएको बैठकले मनसुन पुर्व तयारी तथा प्रतिकार्य योजना २०८१ समेत पारित गरेको छ ।बिपद पुर्व तयारी तथा प्रतिकार्य योजना निर्माण तयारी कार्यदलका सदस्य तथा क्रैलाली रेडक्रसको मन्त्री लोकराज जोशीले १३ औं अद्यावधिक प्रस्तुत गरेका थिए ।  कैmलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको  संयोजकत्वमा  तयारी कार्यदल गठन भएको थियो ।

चालु आर्थिक बर्षको फागुन १६ देखि जिल्लाका बिभिन्न स्थान र मितिमा घटेका बिपदका घटनाहरुबाट प्रभावित भएका ३४ घर परिवारलाई तत्काल बितरण गरिएको राहत रकम पाच लाख ५० हजार र चट्याङबाट मृत्यु भएका दुई जनाका परिवालाई    बितरण गरिएको राहत प्रति परिवार दुई लाखलाई समर्थन गर्दै आगामी दिनमा पनि जिल्ला बिपद व्यवस्थापन समितिबाट  पछि समर्थन गर्ने गरि जिल्ला प्रशासन कार्यालयलाई बिपद पीडितहरुलाई  बिपद पिडित उद्धार र राहत सम्वन्धी मापदण्ड २०७७ को कार्यादेशभित्र रहि राहतउ पलव्ध गराउन कार्यादेश दिने निर्णय बैठकले गरेको छ ।

बैठकमा  बाढी पुर्व सुचना संयन्त्रलाई सुदृढीकरण गर्ने बारेमा जल तथा मौसम बिज्ञान बिभाग अत्तरियाका प्रमुख  सन्जय शाहले प्रस्तुत गरेका थिए । बिपद जोखिम न्युनीकरणका लागि कैलालीमा जिल्लादेखि समुदायसम्मको सुचना संयन्त्र सुदृढीकरण गरिदैछ ।