धनगढी पोष्ट शनिबार, १० साउन २०८२   July 26, 2025

डोटीको शिखर नगरपालिकामा एकै दिन थपिए ४० संक्रमित

डोटीको शिखर नगरपालिकामा एकै दिन थपिए ४० संक्रमित

धनगढी

     डोटीको शिखर नगरपालिकामा एकै दिन ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा शिखर नगरपालिकाका ४० जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी    दिए ।

     उनका अनुसार संक्रमण पुष्टि भएका ४० जना शिखर नगरपालिका वडा नंम्बर ५, , ८ र १० का क्वारेन्टिनमा रहेका छन् । पुष्टि भएका सबै केही दिन पहिले भारतबाट आएर क्वारेन्टिनमा रहेका स्वास्थ्य प्रमुख मलासीले बताए ।

   आज ४० जना थपिए संगै डोटीमा संक्रमितको संखया ५ सय ८५ पुगेको छ । स्वास्थ्य प्रमुख मलासीका अनुसार यी मध्य ५ सय ३७ जना संक्रमित डिष्चार्ज भएर घर फर्किसकेका छन्, अब आज थपिएका ४० जना र यस अघिका ८ जना मात्र अस्पताल र स्थानीय तहका आईसोलेशनमा रहेका छन् ।