धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

धनगढीमा ग्यारो स्कुटरको बिक्री शुरु, ३५० को रेन्ज दिने

धनगढीमा ग्यारो स्कुटरको  बिक्री शुरु, ३५० को रेन्ज दिने

 

धनगढीका लागि क्रसफायर, इटालिकामोटोको आधिकारिक बिक्रो असिउ ट्रेडले इलेक्टिक स्कुटर ग्यारो डीटी ६० को बिक्री शुरु गरेको छ ।  सिंगल चार्जमा ३ शय ५० किलोमीटरसम्म रेन्ज दिने दावी गरिएको उक्त स्कुटरको मुल्य ३ लाख ६५ हजार निर्धारण गरिएको  छ ।̂

स्कुटरमा ४८ भोल्ट १८० एम्पियर आवरको लिथियम —आयोन ब्याट्री जडान गरिएको छ ।  स्कुटरको पिक आवर ४ किलोवाट छ भने यसको टर्क १५० एनएम छ ।

स्कुटरले १८ डिगीको उकालो समेत सहजै पार गर्न सक्छ । कम्पनीका अनुसार ग्यारो नेपाली बजारमासर्वाधिक रेन्ज दिने इलेक्टिक स्कुटर हो ।

१४० एमएम ग्राउण्ड क्लिरियन्स भएको स्कुटरमा इको, डाइभ र स्पोर्ट गरि तीन वटा राइडिङ मोड दिइएको  । जस अनुसार  इको मोडमा चलाउदा ३५० किलोमीटर, डाइभिङ मोडमा २८० र स्पोर्टस मोडमा २०० किलोमीटर रेन्ज पउन सकिने दावी गरिएको छ । मोड अनुसार यसकोटप स्पिड समेत फरक रहेको कम्पनीले जनाएको छ ।

 इको मोडमा चलाउदा प्रति घण्टा ५१ किलोमीटर टप स्पीड पाइने स्कुटरलाई ड्राइभि मोडमा ६० किलोमीटर प्रति घण्टाको स्पीडमा कुदाउन मिल्छ ।

स्कुटरको दुवै चक्कामा डिस्क ब्रेक दिइएको  छ । साथै यसको अगाडी हाइडोलिक र पछाडी डुअल शक अब्जर्भर दिइएको छ । फकास्ट  चार्वर समेत सपोर्ट  गर्नेल यसलाई ६ देखि ८ घण्टामा फुद चार्ज गर्नसकिन्छ । यसमा एलसीडी डिस्प्ले, एलइडी लाइट, अरु  डिस्प्ले  रिजनेरिटभ सहित ६ देखि ८ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।