धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024
आज विप्लवको बन्द

धनगढीमा रहेका तीन मन्त्रालय र प्रदेश सभा नजिक शंकास्पद बस्तु फेला

धनगढी

 आज विप्लव निकट नेकपा माओवादीले सुदूरपशिचम बन्दको घोषणा गरेको छ । यसै क्रममा धनगढी स्थित सुदूरपश्चिम प्रदेशका तीन मन्त्रालय र प्रदेश सभा नजिक शंकास्पद बस्तु फेला परेका छन ।

  सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र प्रदेश सभा नजिक बम जस्तै देखिने शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बम जस्तै देखिने शंकास्पद बस्तु फेला परेको बताउँदै डिस्पोजका लागि नेपाली सेनाको टोली आईसकेको  जानकारी दिए ।

 सरकारले धमाधम पार्टीका नेता तथा कार्यकर्ता समातेर दुःख दिनथालेको भन्दै नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द नेतृत्वले आज बन्दको घोषणा गरेको छ ।

 आफ्ना नेता तथा कार्यकर्तालाई कृत्रिम मुद्धा बनाएर पक्राउ गरी रहेको भन्दै विप्लव पार्टी सेतीमहाकाली ब्यूरोले आज सेती महाकाली बन्दको घोषा गरेको हो । सरकारले गैरन्यायिक तरिकाले धनगढीबाट पक्राउ गरेका आफ्ना नेताकार्यकर्ता रिहा नगरेको भन्दै सेती महाकाली ब्यूरोले पूर्व निर्धारित कार्यक्रम अनुसार सुदूरपश्चिम बन्दको घोषणा गरेको हो ।

 विप्लव सेती महाकाली ब्युरोले बिहीबार सार्वजनिक गरेको कार्यक्रम अनुसार साउन ३ गते प्रचारप्रसार गर्ने, ४ गते कोणसभा गर्ने, आज मशाल जुलुस गर्ने र भोली ६ गते सेती महाकाली बन्द र ६ गतेदेखि ८ गतेसम्म सरकारी सवारी सञ्चालनमा प्रतिबन्ध गरिने उल्लेख गरेको थियो ।