धनगढी पोष्ट बुधबार, २१ कार्तिक २०८१   November 6, 2024

भारतीय भूमिमा भेटिए सिमलताल दुर्घटनाका दुई यात्रीका शव

भारतीय भूमिमा भेटिए सिमलताल दुर्घटनाका दुई यात्रीका शव

काठमाडौं । सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका बसका दुई जना यात्रुको शव भारतीय भूमिमा फेला परेको छ ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले फेला पारेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार बिहिबार राति करिब साढे ९ बजेको समयमा भारतको चम्पारण नगाहास्थित नारायणी नदीमा दुई वटा शव फेला पारेको हो । शवको पहिचान भइसकेको छैन ।

सशस्त्र प्रहरी बलका अनुसार भारतीय भूमिमा फेला परेकामध्ये एउटा शव ल्याइएको र एउटा ल्याउन बाँकी रहेको जानकारी दिए । योसँगै हालसम्म २३ जना यात्रुको शव फेला परेको छ ।

२८ असारको बिहान साढे ३ बजे चितवनको भरतपुर महागरपालिका(२९, सिमलतालमा पहिरो गएको थियो ।

लेदोसहितको पहिरोले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई त्रिशूलीमा खसालेको थियो ।

दुवै बसमा ६५ जना यात्रु सवार रहेको बताइएको छ । हालसम्म बेपत्ता बस फेला पर्न सकेको छैन ।