धनगढी पोष्ट मङ्गलबार, २९ पुष २०८२   January 13, 2026

वीर अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री चन्दको स्वास्थ्यमा सुधार

वीर अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री चन्दको स्वास्थ्यमा सुधार

काठमाडौं । वीर अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको स्वास्थ्यमा सुधार देखिएको छ।

साउन ३ गतेदेखि  उपचाररत चन्दको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले जानकारी दिए।

स्वास्थ्य सुधारोन्मुख भए पनि उनलाई अझै केही दिन चिकित्सकको निगरानीमा उपचार गर्नुपर्ने पौडेलले बताए। 

ज्वरो, पिसाबमा सङ्क्रमण तथा श्वाश्वप्रश्वासमा समस्या देखिएपछि पूर्वप्रधानमन्त्री चन्द वीर अस्पतालमा भर्ना भएका थिए।

विशिष्ट व्यक्ति उपचार कक्षमा राखेर उनको उपचार भइरहेको अस्पतालले जनाएको छ। चन्द राप्रपका संस्थापक नेता हुन्।