धनगढी पोष्ट 
                                मङ्गलबार, ०६ साउन २०७७  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        सुखड 
   कैलालीमा आफ्नै छोरी बलात्कार गरेको आरोप लागेका प्रधानाध्यापको पद खारेज गरिएको छ । 
   घोडाघोडी नगरपालिकाको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकले आफ्नै छोरीलाई बलात्कार तथा यौन शोषण गरेको भन्दै प्रहरीमा मुद्धा दर्ता भएको छ । 
    मुद्धा दर्ता संगै फरार रहेका उनको  मंगलबार बसेको विद्यालय ब्यवस्थापन समितीको बैठकले पदमुक्त गरेको हो ।  लगातार विद्यालयमा अनुपस्थित भएको र विद्यालयका अन्य कामकाज गर्न समेत समस्या भएकाले आरोपी प्रधानाध्यापकको पद खारेज गरी प्रक्रियागत ढंगबाट सोही विद्यालयकी शिक्षिकालाई प्रअको जिम्मेवारी दिएको समितिका अध्यक्षले जानकारी दिए ।