धनगढी । कैलाली भन्सार कार्यालय धनगढीले गत आर्थिक वर्ष २०८०÷०८१ मा लक्ष्यको ६८ दशमलव ३६ प्रतिशत मात्रै राजश्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसकेको हो ।
गत आर्थिक वर्ष २०८०÷०८१ मा ११ अर्ब ५८ करोड २४ लाख रुपैयाँ राजस्व संकलनको वार्षिक लक्ष्य रहेकामा सात अर्ब ९१ करोड ८० लाख रुपैयाँ मात्रै राजश्व सङ्कलन भएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले बताए । उनका अनुसार गत आर्थिक वर्षमा कुनैपनि महिना राजश्व संकलनमा लक्ष्य पुग्न सकेको छैन ।
साउनमा ७२ करोड ३५ लाख रुपैयाँ राजश्व संकलनको लक्ष्य रहेकोमा ४६ करोड ८२ लाख रुपैयाँ, भदौमा ८८ करोड ४० लाख रुपैयाँ लक्ष्य रहेकोमा ५१ करोड ९३ लाख रुपैयाँ, असोजमा ९७ करोड ८१ लाख रुपैयाँ लक्ष्य रहेकोमा ६३ करोड १४ लाख रुपैयाँ र कार्तिकमा ९७ करोड ५२ लाख रुपैयाँ लक्ष्य रहेकोमा ६१ करोड ४६ लाख रुपैयाँ मात्रै राजश्व संकलन भएको छ ।
यस्तै मंसिरमा एक अर्ब दुई करोड २५ लाख रुपैयाँ लक्ष्य रहेकोमा ७३ करोड ३४ लाख रुपैयाँ, पुसमा एक अर्ब चार करोड १३ लाख रुपैयाँ लक्ष्य रहेकोमा ६८ करोड ९० लाख रुपैयाँ, माघमा ९२ करोड ६९ लाख रुपैयाँ लक्ष्य रहेकोमा ६६ करोड ६७ लाख रुपैयाँ, फागुनमा एक अर्ब ९८ लाख रुपैयाँ लक्ष्य रहेकोमा ६९ करोड एक लाख रुपैयाँ मात्रै राजश्व संकलन भएको हो ।
यस्तै चैतमा एक अर्ब ४७ लाख रुपैयाँ लक्ष्य रहेकोमा ७२ करोड १३ लाख रुपैयाँ, वैशाखमा ९९ करोड ८९ लाख रुपैयाँ लक्ष्य रहेकोमा ७५ करोड १७ लाख रुपैयाँ, जेठमा एक अर्ब ७५ लाख रुपैयाँ लक्ष्य रहेकोमा ८३ करोड ५३ लाख रुपैयाँ र असारमा एक अर्ब ९४ लाख लक्ष्य रहेकोमा ५९ करोड ६६ लाख रुपैयाँ मात्रै राजश्व सकंलन भएको कैलाली भन्सार कार्यालयले जनाएको छ ।
कैलाली भन्सार कार्यालयका सूचना अधिकारी खड्काले सवारी साधन, विकास सम्बन्धी उपकरणहरु, म्रार्बल टार्यलस र हार्डवयरका सामानहरु कम आयात भएकाले गर्दा पनि लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकिएको बताए ।
भन्सार कार्यालयको आर्थिक वर्ष २०७९÷८० मा १२ अर्ब ३० करोड ६६ लाख रुपैयाँ राजश्व संकलनको वार्षिक लक्ष्य रहेकोमा आठ अर्ब २९ करोड ६३ लाख रुपैयाँ राजश्व संकलन भएको थियो । जुन लक्ष्यको ६७ दशमलव ४१ प्रतिशत मात्रै रहेको छ ।
यस्तै आर्थिक वर्ष २०७८÷०७९मा ११ अर्ब ८२ करोड ३९ लाख रुपैयाँ राजश्व संकलनको वार्षिक लक्ष्य रहेकोमा नौ अर्ब ५८ करोड २६ लाख रुपैयाँ रावश्व संकलन भएको थियो । जसको ८१ दशमलव ०४ प्रतिशत मात्रै रहेको कैलाली भन्सार कार्यालयले जनाएको छ ।